INSEC Online

📅 २०८३ जेष्ठ २१

चाडपर्वका बेला खाद्य वस्तुको मूल्यवृद्धिको मारमा उपभोक्ता

दैनिक उपभोग्य खाद्यान्य तथा तरकारीको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएसँगै ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन् ।

चाडपर्व नजिकिएसँगै उद्योगी–व्यापारीले खाद्य वस्तु लगायतका हरेक सामग्रीको आफूखुसी मूल्य निर्धारण गर्दा सरकार र उपभोक्ताको अधिकारको क्षेत्र हेर्ने संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो नदेखाएको उपभोक्ताले गुनासो गरिरहेका छन् ।

photokathmandu2207680612काठमाडौँको खरिबोट बसेर कलेज पढ्ने अस्मिता भुसाल दैनिक नयाँ बानेश्वर चोकको सडकपेटीमा बेलुकी पख लाग्ने तरकारी बजारमा तरकारी किन्न जाने गर्नु हुन्छ ।

घरबाट मासिक रूपमा परिवारले  पठाएको सिमित पैसामा काठमाडौँको कोठाभाडा, कलेज फि र आफ्नो खर्चको व्यवस्थापन गर्ने उहाँ बिगतको एक महिनामा तरकारी र खाद्यान्नमा भएको मूल्यवृद्धिले गर्दा आजकल कसरी  आफ्नो खर्च व्यवस्थापन गर्ने होला भनेर हैरान हुनुहुन्छ ।

अस्मिता जस्तै तनाबमा हुनुहुन्छ शङ्खमुलको सुकुम्बासी बस्तीमा डेरा गरेर बस्ने  र महाबौद्धमा भारी  बोकेर दैनिक  गुजारा चलाउने रामेछापका श्याम तामाङ पनि ।

तामाङले भन्नु भयो, ‘कोभिडले गर्दा लामो समय काम नपाउँदा हप्तौँ एक छाक खाएर सुतें । झन् आजकल बजारमा तरकारी र खाद्यान्नको मुल्यवृद्धि हुँदा हामीजस्ता दिनभर काम गरेर बेलुकी आफ्नो छाक टार्ने मजदुरको फेरी भोकै सुत्ने अवस्था आउन थाल्यो ।’

अस्मिता र श्याम त उदाहरण मात्र हुन्, यसको असर काठमाडौँका आम उपभोक्तामा परेको छ ।

बजारमा पछिल्लो एक महिनाको अन्तरमा दाल, चामल, गेडागुडी  फलफूल, तरकारी तथा तेल र घ्यूमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । त्यस्तै चालू आर्थिक वर्ष सुरु भएयता नै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ भने  बजारमा चिनीको पनि अभाब देखिन थालेसँगै खुद्रा पसलेले उपभोक्ताबाट  प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म अतिरिक्त असुल्न थालेका छन्  ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गत एक महिनाको अन्तरमा सबैजसो तरकारीको मूल्यवृद्धि भएको छ ।  समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यही भदौ १२ गते अदुवाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेकोमा एक महिना अन्तराल अर्थात् असोज १२  मा १ सय २०, टमाटर ४० रुपैयाँ रहेकोमा ७० रुपैयाँ पुगेको  हो ।

photokathmandu1207680612त्यस्तै, अनार प्रतिकिलो २ सय ५५ रुपैयाँ रहेकोमा  ३ सय २५ , स्याउ  २ सय २० रहेकोमा २ सय ५०, रातो आलु ५३ रुपैयाँ रहेकोमा ६०  रुपैयाँ, सेतो आलु ३९ रुपैयाँ रहेकोमा ४४  रुपैयाँ, काउली ६५ रुपैयाँ रहेकोमा ९०  रुपैयाँ प्रतिकिलो एक महिनाको अन्तरमा पुगेको हो । त्यस्तै लोकल काँक्रो ३० रुपैयाँ रहेकोमा ६० रुपैयाँ पुगेको छ ।

चामल, दाल, चना, मटर, पीठो, आँटाआदिमा पनि प्रतिकेजी १० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको कालिमाटी क्षेत्रका थोक विक्रेता मुकेश सहनी बताउनु हुन्छ ।

मन्त्रालयमा मन्त्री नै छैनन्

योभन्दा अघिल्ला वर्षका दशैँ र तिहारका बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीहरू आफैँ अनुगमनमा जाने गर्दथे। तर यो वर्ष मन्त्रालयमा मन्त्री नै छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सो मन्त्रालय राखेका राख्नु भएको छ । तर उहाँले दुई महिनादेखि मन्त्रालयमा पाइला समेत टेक्टु भएको छैन । बजार मूल्यवृद्धिले मन्त्रालयमा मन्त्री अभाव खट्किरहेको देखिन्छ ।

मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले पनि एक्कासि मुल्यवृद्धि भएको  स्वीकार गर्नु भयो  ।  उहाँले भन्नु भयो– ‘कतिपय ठाउँमा त नेपाली उत्पादनको उपस्थिति नै देखिएन । जस्तो– पोखरामा चिनी छैन, सुर्खेतमा हेर्दा पनि नेपाली चिनी छैन । विराटनगरमा पनि नेपाली चिनी छैन ।’

रेग्मीका अनुसार, सरकारले जिल्ला  जिल्लामा मूल्यवृद्धि नियन्त्रण गर्ने योजना बनाएको छ । सोहीअनुसार देशका ८४ ठाउँमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन, खाद्य व्यापार कम्पनी र  दुग्ध संस्थानको संलग्नतामा असोज १ गतेदेखि सुपथ मूल्य बजार समेत सञ्चालन गरेको छ ।

मन्त्रालयले अनुगमनको पनि अनुगमन गर्ने भएकाले सोहीअनुसार रणनीति बनाएको उहाँले बताउनु भयो । काठमाडौँको बजार अनुगमनका लागि  मन्त्रालयको खाध्य प्रविधि तथा गुण नियन्त्रण  विभागले पठाएको १२ जना रहेको एउटा र  विभागको आठ जनाको ६ ओटा टोली रहने रेग्मीले बताउनु भयो ।

अन्य

भिडियो