INSEC Online

📅 २०८३ जेष्ठ २१

धान बालीमा लागेको रोगको उपचार गर्न कृषि प्राविधिकको अभाव

जुगल गाउँपालिका–५ की कृषक सावित्री घिमिरेले लगाएको धान बालीमा डडुवा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन ।

कृषि प्राविधिकको सल्लाह नपाउँदा उहाँले खेतमा लगाएको धानमा डडुवा रोगले ग्रस्त बनाएर उब्जाउमा कमी हुने बताउनुभएको छ  ।

कृषि प्राविधिकको सल्लाह लिएर उपचार गर्न पाएको भए धानमा लागेको रोग निको भएर बाला राम्रो लाग्थ्योेहोला । तर, प्राविधिक नपाउँदा यस वर्षको मेहनत खेर जाने हो की भन्ने चिन्त लागेको  घिमिरेको गुनासो छ ।

‘माटो अनुसारको बालिनालि लगाउनहोस् वा लगाएको बालिनालिमा किरा लाग्दाहोस् के गर्ने भनेर प्राविधिकको सल्लाह पाइदैन’ । कृषक घिमिरेले गुनासो गर्नुभयो ।

सोही गाउँपालिका–४ का रुद्रप्रसाद अधिकारीको पनि गुनासो त्यस्तै छ । ‘खै अब त गाउँगाउँमा सिंहदरवार आयो भन्छन् । तर हामी किसानको खेतबारीमा लगाएको बालिमा रोगलाग्दा कृषि प्राविधिक पाएनौँ’ ।

भौगोलिक रुपले जिल्लाकै सबैभन्दा ठूलो गाउपालिका रहेको जुगल गाउपालिकाले “एक गाउ एक कृषि प्राविधिक” कार्यक्रम सञ्चालन गरिरहेको भनेपनि पर्याप्त कृषि प्राविधिक नहुदा कृषकहरुले प्राविधिक सेवा पाउन सकेका छैनन् ।

सात ओटा ओडा रहेको यस गाउँपालिकामा तीन जना मात्र कृषि प्राविधिकहरु रहेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताउनु भयो ।

भएका कृषि प्राविधिकहरु पनि कार्यक्रम अवधिभरका लागि मात्र करारका कर्मचारी भएको कृषि शाखा प्रमुख लालबाहादुर बयकले बताउनुभयो ।

तीनजना प्रविधिक मध्य पनि एक जनाले गाउँपालिकाको कृषि शाखामा बसेर प्रशासनको काम गरेर बस्नु पर्ने भएकाले दुई जना प्राविधिक किसानको खेतवारीमा पुग्न त परैजाओस सल्लाह लिन आएका कृषकहरुलाई सल्लाह दिन समेत नभ्याएको—  प्रमुख बयकले बताउनुभयो ।

प्रयाप्त प्राविधिकहरुको अभावमा गाउँगाउँमा कृषि प्राविधिकहरु पठाउन नसकेको कृषि शाखा प्रमुख बयकले बताउनु भयो । किसानको खेतबारीमा पुगेर सेवा दिने भनिएको भए पनि प्राविधिकको अभावले सो पुरा गराउन नसकेको उहाँको भनाई छ ।

कृषकहरुको माग र भनाई जाहेज भएको बताउँदै गाउँपालिका उपाध्यक्ष तामाङले कृषकको माग सम्बोधन गर्न प्रयास गरिने बताउनुुभयो ।

समयमा मल विउ नपाउने समस्या त छँदैछ । तर, कृषकले लगाएको बालिमा रोग लाग्दा कृषि प्राविधिकको सल्लाह नपाउँदा यसपालिको धानको उत्पादनमा कमी अउने जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले बताउनु भयो । यो समस्या जिल्ला भरीको समस्या भएकाले केन्द्र सरकारले नै यो समस्यालाई समाधान गनुपर्ने उहाँको सुझाव छ ।

अन्य

भिडियो