INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषामा मल अभाव, किसानहरू चिन्तित !

नेपाल सरकारले सुलभ दरमा सहकारी संस्थामार्फत उपलब्ध गराउँदै आएको मल धनुषामा अभाव भएको छ ।

धनुषामा किसानहरूले खेतीबारीमा प्रयोग गर्ने युरिया, डीएपी र जिङ्कलगायतको मल अभाव भएको गुनासो गरेका छन् । मल अभावले गर्दा किसान चिन्तित भएका छन् ।

किसानहरूको माग बमोजिम मलको अपर्याप्त रहेको भई अभाव नै सृजना भएको कृषि सामग्री कम्पनी जनकपुरधामका प्रमुख रामकुमार चौधरीले बताए ।

कृषि सामग्री कम्पनीले धनुषा र महोत्तरीका किसानहरूका लागि सहकारी संस्थालाई जनकपुरधाम र मिथिला नगरपालिकाको ढल्केबरबाट मल खाद्य विक्री वितरण गर्दै आएको छ ।

धनुषामा १ सय १३ र महोत्तरीमा ८२ गरी १ सय ९५ सहकारी संस्थाहरूका लागि यस वर्ष १ हजार ८ सय मेट्रिक टन युरिया तथा ७ सय मेट्रिक टन डीएपी डीलरहरूलाई वितरण गरिसकेको बताउँदै कृषि सामग्री जनकपुरधामका प्रमुख रामकुमार चौधरीले यहाँका किसानहरूका लागि बर्सेनी १० हजार मेट्रिक टन मल आवश्यक भएको उल्लेख गर्नु भयो बताए ।

मिथिला विहारी नगरपालिका-४ मनोकामना कृषि सहकारी संस्थाका अध्यक्ष प्रदिप यादवका अनुसार आफुहरुलाई कृषि सामाग्रीबाट कोटाको आधारमा मलखाद दिने गरेको छ ।

‘हामीलाई प्राप्त हुने गरेको मलखाद किसानको नागरिकताको प्रतिलिपी राखेर सहज तरिकाले उपलब्ध गराउँदै आएको तर किसानहरूको माग बमोजिम हामीलाई मलखाद प्राप्त नभएकाले किसानको माग पुरा गर्न कठिनाइ भएको छ ।’–यादवले भन्नु भयो ।

वडामा करिब ६ हजार बोरा आवश्यक रहेकोमा अहिलेसम्म १ हजार ५ सय बोरा मल आएको उहाँले बताउनु भयो ।

‘गुणस्तरीय बिउको अभाव, समयमा रोपाँइ नहुनुलगायतको कारणले धानमा किरा लाग्ने समेत सम्भावना हुन्छ । त्यसैले एक हातभन्दा ठुलो भएपछि धानमा मल हाल्नै पर्ने हुन्छ । नत्र किरा लाग्छ ।’– कृषि ज्ञान केन्द्र जनकपुरधामका प्राविधिक अधिकृत प्रदिपकुमार यादवले भन्नु भयो ।

धनुषाको ५९ हजार हेक्टरमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

मिथिला विहारी नगरपालिकाकी उपप्रमुख तथा मलखाद वितरण प्रणालीको अनुगमन समितिकी संयोजक अनितादेवी साहले सहकारीमार्फत किसानहरूलाई मलखाद वितरणका लागि व्यवस्था गरिएको बताउनु भयो ।

कोटाको आधारमा सहकारीले मल पाउँदै आएको छ तर किसानहरूको माग अनुसारको मल उपलब्ध हुन नसकेको बताउँदै नगरमा आएको मल समानुपातिक हिसावले वितरण गर्न सहकारी संस्थालाई निर्देशन दिएको र बिचबिचमा अनुगमन समेत गर्ने गरेको बताउनुभयो ।

अनुगमनको क्रममा वितरण प्रणालीमा खासै समस्या नरहेको भएपनि किसानहरुको आवश्यकता र माग बमोजिम मल उपलब्ध नभएर आपूर्तिको समस्या रहेको उहाँको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले सरकारी अनुदानमा किसानहरूका लागि कृषि सामग्री लिमिटेडले कृषि ज्ञान केन्द्रसँग समन्वय गरी कृषि योग्य जमीनको आधारमा धनुषाको १८ ओटै स्थानीय तहमा समानुपातिक हिसावले मल वितरण गर्दै आएको बताउनुभयो ।

‘धनुषामा मलको निकै आवश्यकता रहेको छ । सरकारले अनुदानमै किसानहरूलाई मल उपलब्ध गराउने र हाल नेपाल भारतको सीमा नाकासमेत बन्द रहेको अवस्थामा जो कोहीले पनि आवतजावत गर्नु र मल ल्याउनु नै गैरकानुनी हुन्छ ।’–प्रजिअ बास्तोलाले भन्नु भयो ।

अन्य

भिडियो