आठबीसडाडागाँउ गाविस-२ का २४ वर्षीय सुशील डाँगी र सोही ठाउँकी २० वर्षीया कविता परियारलाई बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले फागुन २१ गते घरैबाट गिरफ्तार गरेको छ ।
सुशीलकी जेठी पत्नी २१ वर्षीया कल्पना डाँगीले आरोपितद्वय विरुद्ध बहुविवाह गरेको भन्दै फागुन १७ गते जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दिएकी थिइन । सुशील र कविताको फागुन १२ गते बहुविवाह भएको कल्पनाले प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।
गिरफ्तार दुवै जनालाई अनुसन्धान गरी बहुविवाहको मुद्दा अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गर जिसीले बताए ।