२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा जिल्ला कालिका गाउँपालिका–४ घर भई विदुर नगरपालिका–२ बट्टारमा बस्दै आएका ४४ वर्षीय हरि पौडेल भनिने तोपप्रसाद पौडेललाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असार ३१ गते विदुर नगरपालिका–५ स्थित साथीको डेरामा लगेर बलात्कार गरेको भन्दै पौडेलविरुद्ध पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा असोज ४ गते नै गरिएको छ ।