खाँडाचक्र नगरपालिका–१० की २२ वर्षीया नन्दकौरा शाहीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २४ वर्षीय पति शेरबहादुर शाहीलाई असोज १ गते गिरफ्तार गरेको छ ।
आफूलाई ०७८ भदौ २९ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा जिल्ला सदरमुकाम मान्मस्थित होटेलबाट आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुपेन्द्र शाहीले जानकारी दिनुभयो ।
कुटपिटबाट ढाड र हातमा चोट लागेर घाइते भएकी पीडितको उपचार भदौ ३१ गते जिल्ला अस्पतालमा भएको डाक्टर रत्नविर सुनारले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।