INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थकर्मीलाई कुटपिट गर्ने विरुद्ध प्रहरीमा उजुरी दर्ता

हेटौँडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुटपिट गरेको भन्दै अस्पताल प्रशासनले दोषीविरुद्ध कारबाहीको माग गर्दै ०७८ भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई भदौ ३० गते उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उपचारका लागि कारमा आएका घाइतेलाई अस्पतालको इमर्जेन्सी कक्षसम्म पु¥याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेका थिए ।

कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी २० वर्षीया समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तले बिरामीलाई तत्काल हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित चुरेहिल अस्पतालमा लगेका थिए ।

रातको समयमा डिउटीमा रहेका स्वास्थ्यकर्मी माथि भएको आक्रमण निन्दनीय भएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताउनुभयो ।

अस्पताल प्रशासनको उजुरीपछि घटनाको अनुसन्धान र दोषी पत्ता लगाउन अस्पतालको सिसी क्यामेरा फुटेजबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर देवेन्द्र दासले बताउनुभयो ।

अन्य

भिडियो