INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारको घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

बकैया गाउँपालिका–२ का ३२ वर्षीय गोपाल सापकोटालाई सोही ठाउँमा ३४ वर्षीय मङ्गलमान बलले यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७८ भदौ २९ गते उजुरी दिए ।

आफूलाई भदौ २६ गते साँझ छिमेकीको बारीमा काम गरिरहेको अवस्थामा आरोपितले मार्ने धम्की दिई मलद्वारमा जबरजस्ती गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर देवेन्द्र दासले बताउनु भयो ।

पीडितको उजुरीपछि भदौ ३० गते जिल्ला अदालतमा अप्राकतिक मैथुन शिर्षक अन्र्तगत बलात्कार अभियोमा मुद्दा दर्ता गरी अनुशन्धान भइरहेको इन्सपेक्टर दासले जानाकारी दिनुभयो ।

घटनापछि आरोपित मङ्गलमान फरार भएका छन् । अदालतबाट फारार आरोपितलाई गिरफ्तारको लागि पक्राउ पुर्जी जारी गरी खोजी भइरहको इन्सपेक्टर दासले बताउनु भयो ।

पीडित पुरुषको स्वास्थ्य परीक्षण भदौ २९ गते हेटौँडा अस्पतालमा गरियो ।

अन्य

भिडियो