INSEC Online

📅 २०८३ श्रावण २

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय भतिजलाई भदौ २४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका सई जयप्रसाद नेपालले बताउनुभयो ।

पीडित महिलालाई आरोपितले भदौ १८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवरमा भदौ २३ गते आरोपितविरुद्ध उजुरी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

अन्य

भिडियो