१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–४ मालहटीका ५२ वर्षीय राजु सहनीलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १८ गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय दुहवीमा इन्स्पेक्टर घनेन्द्र खजुङ्गले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १८ गते गरिएको छ ।