INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१२ का ४० वर्षीय आनन्द चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १४ गते गरिएको छ ।

त्यसैगरी १४ वर्षीया बालिकालाई भदौ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–२ लेखगाउँका ३२ वर्षीय राकेश राईलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १४ गते गरिएको छ ।

अन्य

भिडियो