१५ वर्षीया बालिकालाई ०७७ पुस २५ गतेदेखि लगातार बलात्कार गरी सात महिनाको गर्भवती बनाएको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–१८ मोतिसर टोलका २१ वर्षीय सुजितकुमार साहलाई ०७८ भदौ १० गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा भदौ १० गते उजुरी दिनु भएको छ ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो । पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण भदौ १० गते कलैया अस्पतालमा गरिएको छ ।