INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–४ के गाउँका २६ वर्षीय दिनेश बोगटीलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

भदौ ७ गते पीडितको सुत्ने कोठामा गएर बलात्कार प्रयास गरिएकोले आरोपितविरुद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी भाउजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई भदौ ८ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर लोकेन्द्र गुरुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो