१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–७ रामपुरका २५ वर्षीय अरुण चौधरीलाई भदौ ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई भदौ ५ गते घरमा लगेर बलात्कार गरेपछि घटनाका सम्बन्धमा प्रहरी चौकीमा फोनमार्फत जानकारी गराइएको पीडितका आफन्तले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले घटनाका बारेमा मौखिक जानकारी गराएपछि आरोपितलाई भदौ ६ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खडकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।