१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलबारी नगरपालिका–११ का ५१ वर्षीय बाबुलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७७ माघ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित भदौ ५ गते इलाका प्रहरी कार्यालय वेलबारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अनुसन्धानका क्रममा आरोपित नेपाली सेनाका पूर्व जमदार रहेको पत्ता लागेको डिएसपी श्रेष्ठले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य कोशी अस्पतालमा भदौ ५ गते गरिएको छ ।