INSEC Online

📅 २०८३ जेष्ठ २१

फोटो खिचेको भन्दै प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

माउण्टेन टेलिभिजनका सिरहा समाचारदाता सिरहा नपा-७ का ३१ वर्षीय सुरेन्द्रकुमार कामतिलाई फागुन ११ गते प्रहरीले दुर्व्यवहार गरेको पीडितले आरोप लगाए ।

सिरहा नपा-११ स्थित भलुवाही चोकमा ‘स्वतन्त्र मधेस गठबन्धको फ्री मधेश’ लेखिएको तुल र ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिचेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाबाट गएका प्रहरी टोलीले हातपात गरेको पीडित पत्रकारको आरोप छ ।

टेलिभिजनले दिएको प्रेस लेखिएको ज्याकेट लगाएका कामतिलाई मोवाईल खोस्दै गाली गलौज गरी कुटपिट गरेको कामतिले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विश्वमणी पोखरेलले पत्रकार कामतिमाथि प्रहरीले हातपात नगरेको बताए । सामान्य भनाभन भएको बखत कामतिले ‘म पत्रकार हुँ’ भनी परिचय दिएपछि प्रहरी केही नगरेको डिएसपी पोखरेलले बताए ।

यसैबिच पत्रकार कामतिमाथि भएको घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घ सिरहा, मधेसी पत्रकार समाज नेपाल, प्रेस चौतारी, प्रेस युनियन, मधेश मिडिया मिसन, शेख मिडिया हाउस प्रालि लहान, सल्हेश एफएमलगायतले प्रेस विज्ञप्तिमार्फत घोर भत्सर्ना गर्दै दोषी प्रहरीमाथि कारबाहीको जोडदार माग गरेका छन् ।

अन्य

भिडियो