INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बस्दा बेहोस्, अस्पताल पुर्‍याउनासाथ मृत्यु

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस हुनु भएका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको मोरङ कारागारले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङले भदौ १ गते कारागार परिसरमा कोभिड–१९ विरूद्धको खोप सञ्चालन गरेको र खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस भएका गुरुङलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको कारागारका जेलर रामप्रसाद पोखरेलले बताउनु भयो ।

गुरुङ दीर्घरोगी रहेको र कैद भुक्तान गर्न कारागार आएदेखि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निरन्तर उपचार गराँईदै आएको जेलर पोखरेलले बताउनु भयो ।

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस भएका गुरुङलाई उपचारका अस्पतालमा ल्याउनका मृत्यु भएको कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट डाक्टर चुमनलाल दासले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बलात्कार मुद्दामा जिल्ला अदालतबाट १० वर्षको कैद सजाय तोकिएका गुरुङ ०७४ वैशाख ५ गतेदेखि कारागार चलान भएर कैद भुक्तान गर्दै आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम भदौ १ गते कोशी अस्पतालमा गरिएको र सोही दिन पीडित पक्षले शव बुझी लगेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

जिल्ला कारागारका जेलर रामप्रसाद पोखरेललका अनुसार कारागारका ७ सय १५ जना पुरूष र १७ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दीले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् ।

२ सय ५० जनाको क्षमता रहेको मोरङ कारागारमा अहिले ९ सय ३७ जना कैदीबन्दी छन् ।

अन्य

भिडियो