१७ वर्षीया बालिकाको पाथीभराका ४१ वर्षीय बिन्द्र राईसँग विवाह तय भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालको सक्रियता र प्रहरीको सहयोगमा उक्त विवाह रोकिएको छ ।
बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय, जिल्ला बाल क्लव सञ्जाल र महिला तथा बालबालिका कार्यालय सङ्खुवासभामा उजुरी दिएपछि विवाह रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिका कार्यालय, जिल्ला बाल क्लव सञ्जालको सहयोगमा फागुन १० गते भएको छलफलपछि विवाह रोकिएको हो ।
यस अघि बाल क्लव सञ्जाल, प्रहरी र महिला तथा बालबालिका कार्यालयको सहयोगमा चार महिनामा तीन वटा बाल विवाह हुनबाट रोकिएको बाल क्लव सञ्जाल सङ्खुवासभाका अध्यक्ष खेवाहाङ मेवाहाङले बताए ।
मुलुकी ऐन २०२० को विवाहवारी महल अनुसार बालविवाह गरेकोमा १० हजार रुपियाँ जरिबाना वा ६ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।