INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–६ बडयाका २३ वर्षीय नविन चौधरीलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

साउन २२ गते घरमा एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरिएकोले पीडित पक्षले इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको वडा सदस्य जयराज फुलाराले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।

घरमा एक्लै बसेको समयमा आाममाथि बलात्कारको प्रयास गरिएकोले घटना भएकै दिन साउन २२ गते प्रहरीमा उजुरी दिएको र प्रहरीले आरोपितलाई एक हप्तापछि मात्रै गिरफ्तार गरी अनुसन्धान भइरहेको जानकारी दिएको पीडितका छोराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितलाई साउन ३१ गते घरबाट गिरफ्तार गरी जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका इन्स्पेक्टर बासुदेव भट्टले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते पदमा अस्पताल, अत्तरियामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो