२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय बुबालाई साउन ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पाँच महिनादेखि पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन ३० गते प्रहरी चौकी चन्द्रावती–६ मा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनलाई साउन ३१ गते जिल्ला अदालत तनहुँमा पेश गरिएको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते दमौली अस्पतालमा भयो ।