INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपाल प्रहरी, ओरेक, एडभोकेसी फोरम, जिल्ला युवा सञ्जाल, नेपाल परिवार नियोजन सङ्घ र एमनेष्टी इन्टरनेशनललगायत जिल्लामा कार्यरत सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा साउन २९ गते अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

“खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन” भन्ने मूलनाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस जिल्ला जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार अन्तर्राष्ट्रिय युवा दिवस २०७८ को अवसरमा जनकपुरमा साउन २८ गते जिल्ला युवा सञ्जाल, इन्सेक प्रदेश २, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक नेपाल, नेपाल परिवार नियोजन सङ्घ, एमनेष्टी इन्टरनेशनल समुह ४६, नेपाल प्रहरी, एड्भोकेसी फोरम नेपाललगायत सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा मास्क वितरण तथा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । जिल्ला युवा सञ्जाल धनुषाको कार्यालय क्याम्पस चोकबाट मास्क वितरण गर्दै जानकी मन्दिरमा पुगेर दिप प्रज्वलन गरिएको हो ।

photo20210813dhanusha_siraha (2)

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार इन्सेक, ओरेक नेपाल, एनसिइ नेपाल जिल्ला समन्वय समिति, दलित जनकल्याण युवा क्लब, मुक्ति नेपाल, राष्ट्रिय युवा परिषद, जिल्ला युवा समिति, समग्र जनउत्थान केन्द्र, होप फाउण्डेशन लगायत सङ्घसंस्थाको आयोजना तथा मानव अधिकार संरक्षण केन्द्र जिल्ला सञ्जाल र जिल्ला प्रहरी कार्यालय लगायत सङ्घसंस्थाहरूको समन्यमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सिरहामा आयोजित संवाद कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले लागु औषध विरुद्ध ऐन कानुनका विषयमा चर्चा गर्नु भयो । युवाको सचेतनाबाट लागु औषध प्रयोगकर्ता घट्ने उहाँको भनाइ छ । सिरहा नगरपालिकाका शिक्षा संयोजक कासिन्द्र यादवले कोभिड–१९ ले गर्दा गर्दा शिक्षा क्षेत्रमा परेको प्रभावका बारेमा बताउनु भएको थियो । विद्यालय र कलेज बन्द भएका कारण विद्यार्थीहरू डिप्रेसनमा गएर लागु औषधको कुलतमा फसेको उहाँले बताउनु भयो । विद्यालय खुलेपछि सङ्घसंस्था, नगरपालिका र जिल्ला प्रहरीको सहकार्यमा योजना बनाइ जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनु भयो । समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले लागु औषध दुव्र्यसन हुने क्षेत्र पहिचान गरी जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताउनु भयो । यसैगरी विभिन्न सङ्घसंस्थाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा २३ जनाले रक्तदान गर्नु भएको थियो ।

photo20210813dhanusha_siraha (1)

अन्य

भिडियो