१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ पुलाचौरका २० वर्षीय सोहन छिनाललाई साउन २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ फागुन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा साउन २४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्याम राईले बताउनुभयो ।
आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत म्याग्दीमा जबरजस्तीकरणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते बेनी अस्पतालमा भयो ।