INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा नरहरीनाथ गाउँपालिका५ का ३०  वर्षीय कमल बटालालाई प्रहरीले साउन २४ गते गिरफ्तार गरेको छ ।

पीडितले आरोपित बटालाविरूद्ध साउन २३ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेशविक्रम शाहीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी माल्कोटमा कार्यरत आरोपित बटालाले साउन १९ गते राति यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ  ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २४ गते जिल्ला स्वास्थ्य कार्यालयमा गरिएको कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नविर सुनारले बताउनु भयो ।

अन्य

भिडियो