INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैदको  फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय बण्ठा भनिने रामेश्वर दासलाई जिल्ला अदालतको साउन २० गतेको आदेशले १२ वर्ष ६ महिना कैद र १ लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको हो । बालिकालाई आरोपित दासले ०७६ साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ५ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय महेशपुर पतारले दासलाई साउन ५ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशले साउन २३ गते १ लाख रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

अन्य

भिडियो