२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बझाङ जिल्ला केदारस्यु गाउँपालिका–६ का २९ वर्षीय दिपकबहादुर गुर्धामीविरुद्ध पीडित पक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरेको छ ।
साउन १५ गते धनगढी उपमहानगरपालिका–२ भान्सार रोडस्थित कोठामा लगेर बलात्कार गरिएकोले आरोपितविरुद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको भएपनि प्रहरीले साउन १९ गते मात्रै उजुरी दर्ता गरेको पीडितकी भाउजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गर्न प्रहरी टाली पठाइएको भएपनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भएको प्रहरीले जनायो ।