INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित पनि मृत फेला

बेनिघाट रोराङ गाउँपालिका–२ की ४२ वर्षीया भीममायाँ बिकको साउन १८ गते पति ४५ वर्षीय तिर्थबहादुर बिकले हत्या गरेका छन् भने उनी पनि मृत फेला परेका छन् ।

पीडित भीममायाको शव घर नजिकैको खेतमा कोदालो र हँसियाले कन्चटमा हानेर हत्या गरेको अवस्थामा फेला परेको थियो ।

घरमा मादक पदार्थ सेवन गरी एक आपसमा झगडा गर्ने गरेको पाइएको र भीमकुमारीको टाउकोमा लागेको चोटपटकका कारण मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काले बताउनु भयो ।

पत्नीको हत्यापछि भीमबहादुरले पनि झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी खड्काले जानकारी दिनुभयो ।

घटनाको विस्तृत  अनुसन्धान गरिने जानकारी दिँदै एसपी खड्काले दुवै जनाको शव पोष्टमार्टमा लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनु भयो ।

अन्य

भिडियो