१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ घर भइ हाल घरपझोङ गाउँपालिका–५ बस्ने २१ वर्षीय अमित पुनलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १४ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन थासाङ गाउँपालिका–४ घाँसाबाट गिरफ्तार गरिएको उहाँले बताउनुभयो ।
आरोपितविरुद्ध जिल्ला अदालत मुस्ताङबाट १५ दिनको म्याद थप गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको सरकारी वकिल कार्यालय मुस्ताङका निमित्त जिल्ला न्यायाधीवक्ता टेकनाथ अधिकारीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते जोमसोम अस्पतालमा गरिएको छ ।