INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितलाई एक वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै धनगढीमाई नपा–१२ का २३ वर्षीय सञ्जय मण्डललाई जिल्ला अदालतले साउन १७ गते एक वर्ष कैद तथा १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सो फैसला गरेको हो । पीडितलाई १० हजार क्षतिपुर्तिको समेत फैसला भएको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ साउन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा साउन २५ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद अस्पताल लहानमा साउन २५ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई साउन २५ गते गिरफ्तार गरेको थियो भने, आरोपित जिल्ला अदालतको आदेशमा भदौ १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो