INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले खडगकोट गाविस-४ का २१ वर्षीय पवन ढकाललाई फागुन ७ गते गिरफ्तार गरेको छ ।

प्रहरीले उनीसहित विवाह गराउन सहयोग गर्ने पर्वत देविस्थान गाविस-७ की ४५ वर्षीया सीता भुसाल, पर्वत शङ्करपोखरी गाविस-९ का ५२ वर्षीया सुशीला भुसाल, देविस्थान गाविस-२ का ४३ वर्षीय नारायण कडेललाईसमेत गिरफ्तार गरेको छ ।

पीडित बालिकासँग आरोपित ढकालले माघ २२ गते विवाह गरेको आरोपमा पीडित बालिकाकी ३६ वर्षीया आमा कल्पना रिजालले फागुन ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए ।

घटनामा संलग्न रहेका अर्का आरोपित देविस्थान गाविस-२ की ३९ वर्षीया सीता कँडेल फरार रहेकाले खोजी कार्य जारी रहेको असई यादवले बताए ।

अन्य

भिडियो