२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१ का २० वर्षीय धर्मेन्द्र महतोविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा असार ३० गते उजुरी दिएकी छन् ।
आरोपितले असार २० गते बलात्कार गरेको र गाउँमै घटना मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन ढीला भएको पीडित पक्षको आरोप छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार ३० गते गरिएको छ ।
घटनाका आरोपित फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।