४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले ३८ वर्षीय देवरलाई ११ वर्ष कैद र ४० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
पीडित महिलालाई झारफुकको बहानामा आरोपितले ०७७ साउन २० गते बलात्कार गरेको भनी पीडितले दिएको उजुरीका आधारमा प्रहरीले साउन २९ गते आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
कसुर ठहर भएपछि न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले असार २९ गते उक्त फैसला गरेको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा साउन २९ गते गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।