१५ वर्षीया बालिकालाई असार २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले पीडित बालिकाको ४० वर्षीय बुबालाई असार २७ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा असार २६ गते उजुरी दिएको पीडितले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २६ गते गरिएको छ ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष राइले बताउनु भयो ।