INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले तिरहुत गाउँपालिका–३ गोइठीका २२ वर्षीय बेचन भनिने मिथलेश मण्डल धानुकविरुद्ध असार २४ गते उजुरी दर्ता गरेको छ ।

पीडितका बुबाले दिएको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी लोकनाथ तिम्सिनाले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले असार १८ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालिका चिच्याएपछि पुग्दा आरोपित छाना हुँदै हाम्फालेर फरार भएको पीडितका बुवाले बताउनु भयो ।

आरोपित भाग्ने क्रममा उनको दुई ओटा सिम भएको भिभो कम्पनीको फुटेको मोबाइल घटनास्थलमा फेला परेको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।

अन्य

भिडियो