१८ वर्षीया युवतीलाई असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दाङ घर भई त्रिवेणी गाउँपालिका–५ को वडा कार्यालयमा कार्यरत ४२ वर्षीय अमर कालाथोकीलाई असार २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
त्रिवेणी गाउँपालिकाको ५ नम्बर वडामा कार्यरत सचिव कालाथोकीले असार १९ गते मोबाइलामा वाइफाइको पासवर्ड राखिदिने बहानामा आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित युवतीको आरोप छ ।
पीडित पक्षले असार २४ गते इलाका प्रहरी कार्यालय लुहाममा दिएको लिखित उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा असार २४ गते गरिएको सो कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।