INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई सुरुङ्गा नपा–८ महुलीयाका ३३ वर्षीय राजकुमार दासले बलात्कार गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरी असार २४ गते दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई आरोपितले चैत ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि चैत २८ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

पछि कानुन व्यवसायीसहित पुगेकी पीडितले बलात्कारको उजुरी दिनु भएपछि पुनः वैशाख १४ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ ।

सुरूमा बलात्कार प्रयास भएको भनी पीडितले उजुरी लिएर आएको र पछि बलात्कारको उजुरी लिएर आएपछि दर्तामा ढिलाइ भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्रकुमार पासवानले बताउनु भयो ।

आरोपित हालसम्म फरार रहेकाले खोजी कार्य भइरहेको उहाँले जानकारी दिनु भयो ।

अन्य

भिडियो