INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई असार २३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले १५ वर्षीय बालकविरुद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरी दर्ता गरिएको इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

बालिकालाई बलात्कार गरेको कुरा परिवारले थाहा पाएपछि आरोपितले असार २३ गते राति नै आत्महत्या गरेको अवस्थामा फेला परेको इन्स्पेक्टर पौडेलले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको र हाल बालिकाको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

‘जबरजस्ती तथा हाडनाता करणी’सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान जारी रहेपनि आरोपितको मृत्यु भइसकेकाले अनुसन्धानपछि फाइल बन्द हुने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो