INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक हत्या घटनाका आरोपित गिरफ्तार

टिकापुर नगरपालिका—१ ब्लक नम्बर ८ का विवेक विष्टको हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीया र १३ वर्षीया बालिकालाई असार २४ गते गिरफ्तार गरेको छ ।

पारिवारीक बिवादका कारण असार २१ गते बालकलाई ललाईफकाई जामुन खान भनेर टिकापुर नगरपालिका—४ स्थित जमरा खोलामा ढकलेर हत्या गरेको खुल्न आएको टिकापुर नगरपालिका—१ का वडाध्यक्ष गंगाराम आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालकको अवस्था असार २१ गतेदेखि अज्ञात रहेपछि खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय, टिकापुरमा निबेदन दिएको र असार २३ गते बालकको शव जमरा खोलामा भेटेपछि असार २४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा किटानी जेहेरी दिएको मृतकका बुवा दिलिप विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालक हराएकोले खोजी कार्य गरि दिन भनेर पीडित पक्षले प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्दै जाँदा असार २३ गते टिकापुर नगरपालिका—४ स्थित जमरा खोलाको झाडीमा बालक मृत अवस्थामा फेला पारेकोे जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी विश्व अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको किटानी जाहेरी तथा घटनाको अनुसन्धानका आधारमा १५ र १३ वर्षीया बालिकालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अधिकारीले बताउनु भयो ।

शवको पोष्टमार्टम असार २४ गते टिकापुर अस्पतालमा गरी आफन्तलाई बुझाइएको प्रहरीले जनायो ।

अन्य

भिडियो