INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिका–३, घर भई महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने ४२ वर्षीय नकुल भन्ने देवबहादुर खड्कालाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ललाईफकाई ०७८ असार २० गते आरोपितले आफ्नै निवासमा लगि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार २१ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई असार २४ गते गिरफ्तार गरी सोही दिन ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २१ गते पाटन अस्पताल ललितपुरमा गरियो ।

अन्य

भिडियो