१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत सल्यानले छत्रेश्वरी गाउँपालिका–७ निवासी ५३ वर्षीय इश्वर रानालाई एक वर्ष कैद सजाय र २५ हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
पीडित बालिकालाई प्रलोभनमा पारेर यौन दुर्व्यवहार गरेको ठहर भएपछि जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले ०७८ असार २० गते उक्त फैसला गरेको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
बालिकालाई आरोेपितले ०७७ पुस २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएपछि पुस २७ गते आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २६ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो ।