अग्नीसाइर कृष्णसवरन गाउँपालिका–४ टेङ्ग्रीकी ४५ वर्षीया बलीकाकुमारी यादवलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितका छोरा धिरजकुमार यादवले असार २३ गते न्यायका लागि पहल गरिदिनु हुन इन्सेक प्रतिनिधिसँग आग्रह गर्नु भएको छ ।
इन्सेक सप्तरी प्रतिनिधिको राजविराजस्थित कार्यालयमा आएर पीडितको छोरा यादवले यस्तो आग्रह गर्नु भएको हो ।
पीडितकी ४८ वर्षीया जेठानी अन्जुदेवी यादव, २३ वर्षी भतिज अमरेन्द्रकुमार यादव, ३५ वर्षीय देवर लालकुमार यादव, २३ वर्षीया देवरानी बबीतादेवी यादव र १८ वर्षीय भतिज नविनकुमार यादवले कथित बोक्सीको आरोप लगाई बालीकुमारीलाई असार १९ गते कुटपिट गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २१ गते उजुरी दिनु भएको छ ।
आरोपित अन्जुदेवी लगायतले आप्mना पतिको मृत्यु र बुहारी बिरामी भएको दोष लगाउँदै कुटपिट गरेको पीडितको आरोप छ ।
आरोपितहरुको कुटपिटबाट पीडित घाइते भएकी बलीकुमारीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकास्थित महुली पोली क्लिनिकमा उपचार भएको छ ।
पीडितका पति राजकुमार वैदेशिक रोजगारका लागि सउदी अरबमा रहेको पीडित पक्षले जनाएको छ ।