INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा एक्साभेटरमा आगजनी

मिलन कन्स्ट्रक्सनको बा २ क ८५२१ नम्बरको एक्साभेटरमा असार २२ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ ।

बडीकेदार गाउँपालिकाको देउलीस्थित रिसेडी सडक खण्डमा प्रयोग गरिएको इक्साभेटरमा अज्ञात पक्षले रातिको समयमा आगजनी गरेको जानकारी पाएपछि घटनामा सङ्लग्न पक्षको खोजी कार्य गर्न प्रहरीलाई अनुरोध गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण चन्दले बताउनु भयो ।

एक्साभेटरमा आगजनी भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय, बिपिनगरका इन्स्पेक्टर मोहन साउदको नेतुत्वको टोली घटना स्थल पुगेको भएपनि अज्ञात पक्षले गरेको आगजनीबाट एक्साभेटर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर कान्तिराज जोशीले बताउनु भयो ।

एक्साभेटरमा आगजनी गर्ने पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर जोशीले बताउनु भयो ।

अन्य

भिडियो