INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बेलवारी नगरपालिका– ७ बाहुनीकी ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति अम्विका घिमिरेलाई  असार १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असार १९ गते बिहान २:३० बजेको समयमा काठको मुङ्ग्रोले देब्रे कञ्चटमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङ्गले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका विषयमा स्थानीयले खबर दिएपछि आरोपितलाई तत्कालै अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर सरोज खनालले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा असार १९ गते गरिएको छ । पीडित पक्षले शव बुझी स्थानीय घाटमा अन्त्येष्टी गरेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

अन्य

भिडियो