२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शिवनाथ गाउँपालिका–४ का २३ वर्षीय रविन्द्रबहादुर चन्दलाई असार १७ गते गिरफ्तार गरेको छ ।
जङ्गल गएकी महिलामाथि असार १३ गते आरोपितले बलात्कार प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालय, बैतडीमा किटानी जाहेरी दिएको पीडितका आफन्तले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
महिलामाथि बलात्कारको प्रयास गरिएको भन्दै पीडित पक्षले असार १५ गते किटानी जाहेरी दिएपछि आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर दर्शन खडकाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १५ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको इन्स्पेक्टर खडकाले बताउनु भयो ।