INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाप्रति नागरिक संस्थाहरूको ध्यानाकर्षण

काठमाडौँ महानगरपालिका-११ बबरमहलमा घर भाडाको विषयमा रूपा सुनारमाथि भएको जातीय विभेद घटनाको जिल्ला स्थित विभिन्न नागरिक संघ-संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका छन ।

महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक कर्णाली प्रदेश कार्यालय, सुन्दर नेपाल, दलित सेवा संघ, दलित महिला संघ, कोडेड नेपाल, आवाज, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र नवज्योति केन्द्र सुर्खेतले असार १६ गते संयुक्त रूपमा विज्ञप्ति जारी गरी सो घटनाप्रति ध्यानाकर्षण जनाएका हुन ।

विज्ञप्तिमा जातकै आधारमा घरको कोठा भाडामा दिन नमानेको आरोपमा गिरफ्तार सरस्वती प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यालयले असार ९ गते निरूपण गरेको प्रक्रिया पश्चात प्रहरीले सोहीदिन रिहा गरेको र धनीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको तथा यस प्रकरणमा, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको आरोपितसँग देखिएको प्रत्यक्ष उपस्थिति र सङ्लग्नताले गम्भीर आशङ्का उत्पन्न भएको उल्लेख छ ।

जातीय विभेद मानवताविरूद्धको कार्य हो र यसले समाजलाई विवाद तथा द्वन्द्वतर्फ रूपान्तरित गर्दछ । यसको पक्षमा गरिने वकालत, संरक्षण र अभियानले समग्र मानव विकास र मानव अधिकार प्रतिकूलको वातारण निर्माण गर्ने कुरातर्फ सचेत रहन नागरिक संस्थाहरूले आह्वान गरेका छन् ।

‘विभेदविरूको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यसविरूद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि हार्दिक अपिल गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

20210701 Surkhet

अन्य

भिडियो