२२ वर्षीया महिलालाई असार १० गते बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–९ का ४५ वर्षीय महेश साहलाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार १० गते उजुरी दिएको पीडितले बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा असार १० गते गरिएको छ ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।