INSEC Online

📅 २०८३ जेष्ठ २१

भोकै बस्न बाध्य विपन्न परिवारलाई खाद्यान्न सहयोग

खाद्यान्न सङ्कट भोगिरहेका बेनिघाट रोराङ वडा नम्बर २ को लाईपुर, बाँसखखोला, काफलटार, खर्च, पान्चलिङ, भल्टार, थरीगाउँलगायतका विपन्न तथा पिछडिएका परिवारलाई असार ८ गते खाद्यान्न उपलब्ध गराईएको छ ।

m

सो क्षेत्रका विपन्न चेपाङ, तामाङ र मगर समुदायका ६५ घर परिवारलाई प्रतिघर १ बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल, दुई किलो नुन, दुई किलो चिनी, साबुन सहयो उपलब्ध गराइएको हो ।

खानेकुरा सकिएर टाकिको मुन्टा र गिट्ठा खाएर जीवनसङ्ग सङ्घर्ष गरिरहेका बस्तिमा खाद्यान्न बितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ । २० जना सहयोगी ब्यक्तिहरूबाट सङ्कलन भएको १ लाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।

जागरण मञ्चको टेलीसङ्गै लायन्स क्लब अफ काठमाडौँले पनि खाद्यान्न सहित लत्ताकपडा सहयोग पुर्‍याएको छ । विभिन्न दाताहरूबाट प्राप्त भएको लत्ताकपडा वीपन्न परिवारका सदस्यहरूलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।

m

खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका बिपन्न परिवारले राहतको अनुभूति गरेका छन् । आफ्नो उत्पादनले तीन महिना पनि खाना नपुग्ने र कोभिड–१९ सङ्क्रमणले ज्याला मजदुरी गरेर समेत खानाको जोहो गर्न नसकेको अवस्थमा जङ्गली कन्दमुल खोजेर खाने वा टाँकी सिस्नु खाएर जीवन गुजारा गरिरहनु परे

m

को अवस्थामा यो सहयोगले एक महिना बाँचिने आशा पलाएको स्थानीय मसिनी चेपाङले बताउनु भयो ।

यस क्षेत्रका अधिकांश परिवारले पेटभरी खान पाउँदैनन् । घरमा अन्नपात सकिएदेखि नै टाँकीको मुन्टा, काँचो आँप, आरु खाने गरेका छन् ।

सो क्षेत्रमा खद्यान्नको अभाव भएको र ज्याला मजदुरी गरेर खाने अवस्था नरहेकोले विपन्न परिवार भोकभोकै बस्न बाध्य भएको समाचार जेठ २२ गते इन्सेक अनलाइनमा प्रकाशित भएको थियो ।

अनलाइनमा समचार प्रकाशनपछि जगरण मञ्च र लायन्स क्लब मार्फत् दाताहरूले आफूले सकेको सहयोग गरेको रोशन श्रेष्ठले भनाउनु भयो ।

वडा कार्यालयले अत्यावस्यक भनेर पहिचान गरेको ठाउँमा परिवारलाई खाद्यन्न सहयोग उपलब्ध भए वडा अध्यक्ष टंक थापाले जानकारी भयो ।

कोभिड–१९ सङ्क्रमणका कारण भएको निषेधाज्ञा पछि ज्याला गर्न जान नपाउने, यस अघिको ज्याला रकम समेत ठेकेदारहरूले नदिने, गत वर्ष मल अभाव हुँदा रासायनिक मल अभावमा बाली उत्पादन समेत कम भएका कारण खाद्यान्न सङ्कट भएको वडा अध्यक्ष थापाले बताउनु भये ।

अन्य

भिडियो