६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–२ का २७ वर्षीय विरेन्द्र शर्मालाई असार ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ७ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असार ७ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ७ गते गरिएको छ ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाहीका लागि असार ८ गते अदालतबाट म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताउनु भयो ।