INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरीता सोरेनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–६ का ३० वर्षीय सुफल हस्तालाई गिरफ्तार गरेको छ ।

सरीताको ०७८ वैशाख १८ गते हत्या गरेको आरोपमा प्रहरीले उनका प्रेमी भनिएका आरोपितलाई असार ३ गते भारतबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सरीता र आरोपितबिच प्रेम सम्बन्ध रहेको र पीडितले बिवाहका लागि दबाब दिएपछि हत्या गरेको प्रारम्भिक बयानमा खुलेको डिएसपी राईले बताउनु भयो ।

उर्लाबारी नगरपालिका–१ होक्लाबारीका स्थानीय योगेन्द्र थापाको गाई फार्ममा काम गर्ने सरीतालाई आरोपितले वैशाख १८ गते रतुवामाई नगरपालिकामा भेट्न बोलाएर बलात्कारपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी राईको भनाइ छ ।

सरीताको शव वैशाख १९ गते रतुवामाई नगरपालिका–४ स्थित मकैबारीमा अर्धनग्न अवस्थामा फेला परेको थियो ।

घटना लगत्तै फरार भएका आरोपित भारततर्फ गएकोे सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्वय गरी नेपालबाट खटिएको प्रहरी टोलीले आग्राबाट गिरफ्तार गरेको डिएसपी राईले बताउनु भयो ।

शवको पोष्टमार्टम वैशाख १९ गते कोशी अस्पतालमा गरि सोही दिन पीडित परिवारलाई शव दिएको मोरङ प्रहरीले जनाएको छ ।

अन्य

भिडियो