INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या गरेको कसुरमा सात महिना कैद सजायको फैसला

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी एक वर्षीया बालिका फुटुकी शेर्पाको ०७७ मङ्सिर ४ गते तातोपानी खन्याएर हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँकी ४० वर्षीया दालामु शेर्पालाई असार २ गते सात महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश प्रकाश राउतको असार २ गतेको इजलासले नाबालिका हत्या गरेको कसुरमा कैद सजायसँगै ७ हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार शम्भु रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई २६ वर्षीया आमा डोमा शेर्पाले काखमा बोकेर बसेको अवस्थामा आरोपितले ०७७ मङ्सिर ५ गते तातो पानी खन्याई दिएकी थिइन् ।

तातो पानीका कारण घाइते भएकी बालिकाको सोही दिन मृत्यु भएको थियो ।

पीडित बालिकाकी आमाले आरोपितविरूद्ध ०७७ मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी ०७७ पुस १ गते जिल्ला अदालतमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको पुस २ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७७ मङ्सिर ६ गते गरिएको थियो ।

अन्य

भिडियो