इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया सुनिता राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति न्यायधीश राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
पीडितको शव जेठ २७ गते घरको ओछ्यानमा नै फेला परेको थियो ।
पत्नीले अत्यधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको बयान दिएको आधारमा आरोपितलाई प्रहरीले घटना भएको दिन गिरफ्तार गरेको थिएन ।
शवको पोष्टमार्टम जेठ २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको र रिपोर्टमा टाउकोमा चोट देखिएपछि हत्या आरोपमा राईलाई गिरफ्तार गरेको डिएसपी अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।